♥♥♥तपाईंलाई कृष्ण प्यासी ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Thursday, August 25, 2011

कबिता- "म"

व्यंग्य कबिता...


खाएको छु, हिंड्न सक्दिन,
बाएको छु, मुख खोल्न सक्दिन।
पेट साह्रै ठूलो भयो,
घुस हो कि भुस,
पैसाको बिटो मोल्नै सक्दिन।
जात जान्छ होला, पदको दुरुपयोग गर्दा,
जाँड-रक्सी, दुधिया र विस्की, छोड्नै सक्दिन।
धेरै पुस्ता बिते, पद सम्हाल्न थालेको,
पद सम्हाल्दा सम्हाल्दै, पेट सम्हाल्नै सक्दिन।
पल्ला घरे माइलो पनि, मर्निग वाक गर्छु भन्थ्यो,
तलव ले त पुग्दैन यार, घुस बाट पेट भर्छु भन्थ्यो।
डाक्टर भन्छ- अदुवा खानुस, पेट हजम गराउनुहोस्,
तर के गर्नु?
अदुवा आंटने भए, अझ दुइ-चार जना बाट,
घुस खाइ हाल्थें, अलि-अलि नोट पाई हाल्थें,
आनन्द संग, टेबलमा गित गाइ हाल्थें नि...!
त्यसैले हजुर!!
खाएको छु हिड्न सक्दिन,
बाएको छु, मुख खोल्नै सक्दिन।
पेट सारै ठुलो भयो,
घुस हो कि भुस,
पैसाको बिटो, मोल्नै सक्दिन।

Friday, August 19, 2011

गजल- आगो लगाई...



आगो लगाई यो मनलाई, डढाएर किन छाड्यौ?
पतिदेवको नाउँमा दुई फूल्, चडाएर किन छाड्यौ?

चोखो थियो चोखै गर्थ्यो, तिम्रो प्यासी माया तिम्लाई,
चडाएको त्यो फूल लाई, सडाएर किन छाड्यौ?

थि-एन माया चोखो भने, किन खायौ बाचा कसम,
सोझो मनलाई तिमी भित्र, खडाएर किन छाड्यौ?

कत्रो थियो रहर मेरो, जिन्दगीमा सँगै जिउने,
दरार आयो त्यो स्तम्भ, लडाएर किन छाड्यौ?

छैन अब औचित्य नि, पत्नी हुनु तिमी सित,
प्यासीलाई माया जाल, पढाएर किन छाड्यौ?

Friday, August 12, 2011

कविता - "बिबश प्रेम"

माया हो सानु, मर्दैन कैल्यै, बिछोड भए नि ।
चोखो यो प्रेम, भित्र छ मन, ज्यान टाढा गए नि ।।
                        नसम्झ दु:ख, नसम्झ पिडा, याद आउँदा बेसरी ।
                        दुख्दो हो त्यो मन, मान्छेलाई आफ्नो, नपाउँदा यसरी ।।

तिम्रो त्यो यादमा, बाँचेको छु म, कर्ममा रमेर ।
सपना ठुलो, बसाउँला खुसी, भबिष्य गमेर ।।
                        बांचेछु भने, फर्किमा आउंछु, त्यो माया संगाल्न ।
                         धन कमाई ल्याउँला, खुसीको साथमा,तिमीलाई अंगाल्न ।।

एक्लैछु आज, यो परदेशमा, चिठी छ साथमा ।
दुखित छ कृष्ण, ज्यान त्यो नपाउँदा,मिसाउन जातमा ।।
                          सहारा दिन्थें, समिप भए, माया त कति झन् ।
                           बनेछु पापी, तिमीलाई छोडी, रो'को छ मेरो मन ।।

Wednesday, August 3, 2011

मुक्तक




सानो आँसी  ले,   पनि त्यो काट्छ ।
प्यासीको मन नि, पनि उस्तै फाट्छ ।

तिम्रो त्यो वचनले , मन यो ताछदा,
खुसी भई आफ्नै मुटु, जहर सँग साट्छ ।

Sunday, July 17, 2011

गजल- प्रेमको जाल...

प्रेमको जाल तिमी तिर, हान्नु गल्ती भो ।
तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो ।

मेरी मुटु तिमीलाई , चुनेको थेँ हज्जारौंमा,
लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो ।

कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं,
चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो ।

पागल भा'छ प्यासी आज, त्यो मनमा मन साट्दा,
त्यो  दिललाई  यो  दिलमा, तान्नु  गल्ती भो ।

सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ,
मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो ।

Thursday, June 30, 2011

गजल- भुन्छु तिम्रो...


भुन्छु तिम्रो वरी-परी ,फुलिदेउन एक चोटी।
प्यासी तिर मेरी सानु, भुलिदेउन एक चोटी।

तिम्रो लागी सागर बन्छु, प्रित पाउन तिम्रो सानु,
यो दिलमा दुग्ध बनि, घुलीदेउन एक चोटी।

के-के बन्नु बनि दिन्छु, पहाड पनि बनि दिन्छु,
झर्झर त्यो हिंउ बनि, चुलीदेउन एक चोटी।

खुल्ला छ यो छाती सानु, प्यास कति-कति झन,
आँचल खोली प्यासी भित्र, खुलीदेउन एक चोटी।

तिम्रो माया कति चाहें, अन्तिम इच्छा केहि छैन,
तिमी भए पुग्छ सानु, डुलीदेउन एक चोटी।

Saturday, June 25, 2011

गजल के हो र कसरी लेखिन्छ?

अघिल्लो पोस्टमा मैले गजल कसरी लेखिन्छ? के हो? गजलमा रदिफ, काफिया, सेर, मिसरा, तखल्लुस, मक्ता, मतला आदि के के हुन्? भन्ने बारेमा मैले जानेको जानकारी दिएको थिए। आज त्यो लेखमा रहेको "समक्षर""समध्वनी" को बारेमा जानकारी दिन चाहन्छु। हुन त यी दुइ शब्द त्यसै नै स्पस्ट छन्, तर पनि यी शब्दहरुले त्यति स्पस्ट पार्न नसकेको खण्डमा अथवा नव सर्जक ज्यु हरुलाई स्पस्ट बुझाइको लागी यो अर्को लेख पोस्ट गरेकोछु। जे होस् लेख्न मन गर्नु हुने तपाइको लागी यो उपयोगी नै हुनेछ भन्ने लाग्छ।  त यहाँ समक्षर भन्नाले "गण" को बारेमा स्पस्ट पार्छ। हामीले गजल लेख्ने क्रममा सर्बप्रथम काफियाहरु संकलन गर्नु पर्छ। त्यस पछी सुहाउँदो रदिफ राख्नु पर्छ।
                यहाँ रदिफ छान्ने क्रममा समक्षर भए राम्रो गजलको रुपमा गनिनेछ हुन त लेखक कै बिचारको कुरा हो। पूर्व जानकारी अनुसार कफियाका प्रकारले लेखकलाई पार्ने प्रभावमा निहित रहन्छ। फेरी पनि राम्रो गजलका लागी गर्नु पर्ने परिश्रमको थोरै जानकारी यहाँ प्रस्तुत छ। जस्तै:-

भुन्छु तिम्रो वरी-परी ,फुलिदेउन एक चोटी।
प्यासी तिर मेरी सानु, भुलिदेउन एक चोटी।

यो माथिको यो एउटा सेर हेर्नुस त यहाँ ४+४+५+४ को प्रयोग छ। कसरी छ? भन्नु होला. ४="भुन्छु तिम्रो" फेरी अर्को ४="वरी-परी" छन्। त्यस पछी कमा(,) पछाडी ५="फुलिदेउन" र अर्को ४="एक चोटी" छन्। यो लेखाईको मतलव त्यहि हो जुन गजलमा समक्षर को प्रयोग हो। भन्नुको मतलव अक्षरहरु बराबर हुनु हो।