♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Sunday, July 17, 2011

गजल- प्रेमको जाल...

प्रेमको जाल तिमी तिर, हान्नु गल्ती भो ।
तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो ।

मेरी मुटु तिमीलाई , चुनेको थेँ हज्जारौंमा,
लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो ।

कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं,
चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो ।

पागल भा'छ प्यासी आज, त्यो मनमा मन साट्दा,
त्यो  दिललाई  यो  दिलमा, तान्नु  गल्ती भो ।

सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ,
मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो ।

2 comments:

  1. कृष्ण सर एकदमै मिठो गजल ..
    यति भन्छु...
    प्रेम गरि कसैलाई गल्ती भाको होइन होला
    माया भन्ने चिज नै यस्तै धोका खाको होइन होला ।

    ReplyDelete
  2. आयुश सर! मिठो प्रतिकृयाको लागी धन्यबाद! खै के खै के है सर बुझ्नै गाह्रो.....

    ReplyDelete

♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥