♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Wednesday, April 24, 2013

गज़ल- प्यासी सित मेरी सानु.....


प्यासी सित मेरी सानु, सजाउन पो आउँछेउ कि त ।
मनको  उथल रात भरी, बगाउन पो आउँछेउ कि त ।

स'जाकिछेउ बगैंचा  नै,  फूली  ढक-मक्क  तिम्ले,
भमरा यो प्यासीलाई, बसाउन पो आउँछेउ कि त ।

प्यासी प्यासी तिम्रै प्यासी, दिल प्यासी  मन प्यासी,
प्यासी सँग प्यासी माया, लगाउन पो आउँछेउ कि त ।

चन्चल  मनले  बोलाउछु,  टोलाउँछु  कल्पनामा,
बसन्तमा लाली-रंग, रंगाउन पो आउँछेउ कि त ।

दिलको प्यासी तिम्रो प्यासी, बनि दिउँला तिम्रो इक्षा,
प्यासीको त्यो बगैंचामा, रमाउन पो आउँछेऊ कि त ।