♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Sunday, September 30, 2012

भिडियो - तिम्लाई देखेर.....


मलाई मन पर्ने चित्रांकित भिडियो हजुरहरुलाई प्रस्तुत गरेको छु। पुरै भिडियोहरु हेर्न

Thursday, September 27, 2012

गज़ल - तिमी छैनौ भने.....


तिमी  छैनौ  भने दिलमा, बस्नु को के अर्थ ?
तिम्रो तस्बिर अंगालोमा, कस्नु को के अर्थ ?

चोखो प्रेमको पुजारी हुँ, माया तिम्लाई अति गर्छु,
तिमी   छैनौ  त्यो  मनमा,  पस्नु  को  के  अर्थ ?

बिषालु त्यो यौवानोन्मात, साँची बसेकोछु,
गज़ल  बाटो  बनाएर,  डस्नु को  के  अर्थ ?

छुपेकी छ्यौ लुकेकी छेउ, बर्षातमा ओझेल पर्दै,
झरी   बनि   रुझाउना,  खस्नुको   के  अर्थ ?

Sunday, September 9, 2012

गजल- लजाएर मुस्कुराउने.....


लजाएर मुस्कुराउने, तिम्रो अधर राम्रो।
हेर्दै पागल बनाउने, तिम्रो नजर राम्रो।

शब्द छैन तारिफ गर्ने, कुन शब्दमा बोलौँ,
आँखा आँखा जुधाउने, तिम्रो टक्कर राम्रो।

पल्केछु पो कुन्नि क्या हो, लाग्छ सँधै पाउँ,
वास्नामा नि कति मिठो, तिम्रो अत्तर राम्रो।

कति गर्नु तिम्रो बयान, गरि  साध्य छैन,
चंचल त्यो मिलनमा, तिम्रो  रहर राम्रो।

सँधै  भरि  माया  गरी,  गरौँ   मन  परी,
फेरी आउंछु क्रेता बनि, तिम्रो शहर राम्रो।