♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Saturday, January 12, 2013

गजल- माया गरी तिमीलाई.....


माया गरी तिमीलाई, मरेको दिन कस्तो होला ?
तिमी बाट धेरै टाढा, सरेको  दिन कस्तो  होला ?

सक्दिन म  कल्पना नि, गर्न  सानु  यस्तो  कुरा,
तिम्लाई छाडी बैतरणी, तरेको दिन कस्तो होला ?

लाँदा होलान् शंख  फुकी, कात्रो बेरी लास  बाँधी,
बाटो भरी लजा-टिला, छरेको दिन कस्तो होला ?

बर्खे -झरी भेल-बाढी,  आउँदो  होला आँगनमा,
मुसलधारे वर्षा-पानी, परेको दिन कस्तो होला ?

जलाउन   तयारीमा,  हुँदा  होलान  स-मलामी,
चिहानमा दाउरा-मिट्टी, भरेको दिन कस्तो होला ?