♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Saturday, September 25, 2010

गज़ल- गज़ल भित्र.....


गज़ल भित्र प्यारी सानु, मर्न मन छ तिम्रो लागी ।
सेर अनि रदिफमा,  सर्न मन छ तिम्रो लागी ।

जीन्दगी त सुम्पेकोछु,  गज़लमा किन हट्थेँ,
छोडी संसार काफियामा,  टर्न मन छ तिम्रो लागी ।

कहिले दु:ख कहिले सुख, जीन्दगी यो यस्तै रैछ,
साँघु बनाई गज़लबाट, तर्न मन छ तिम्रो लागी ।

गज़ललाई प्रेम गरें,  तिम्रो यादलाई थमाउदै,
गज़ल झर्ना बनि सानु, झर्न मन छ तिम्रो लागी ।

मर्नु परे जल्नु परे,  जिन्दाबाद छ गज़ल साथी,
मर्नु अघि सानु गज़ल, भर्न मन छ तिम्रो लागी ।

गजल- "दुई दिने यो....."


दुई दिने यो जीन्दगीमा, सर्की किन हिड्नु सानु ?
मन मिल्ने मान्छे संग, तर्की किन हिड्नु सानु ?

आउ गासौं चोखो प्रित,  अंगालोमा कसी,
बैंस फुलाई धर्ति बीच, लर्की किन हिंड्नु सानु ?

बैंसालु त्यो उमेरलाई, नलुकाउ है पर्दा भित्र,
अत्तर त्यो बैंसको,  छर्की किन हिंड्नु सानु?

नलाउने भए माया, किन नजर कायल पार्छ्यौ ?
बारम्बार अघि बाट, मर्की किन हिंड्नु सानु ?

म त तिम्रो प्यासी सानु,  तिमी मेरी ठाने डल्ली,
पुल-पुलिएर पुलुक-पुलुक, फर्की किन हिंड्नु सानु ?

गज़ल- "क बाट....."



क बाट गज़ल लेख्छु, ख पछी आउँछ ।
द लाई संधै बोलाउछु, स पछी आउँछ ।

अर्थ धेरै लाग्दा रैछन, अल्मलिंछु कहिले-काहिँ,
गज़लमा ग लेख्दा,  ल पछी आउछ ।

गज़ल मेरो बुझ्यौ भने, सकारात्मक मानीदिनु,
साहित्यकार मान्यौ  भने, र पछी आउँछ ।

प्यारी सानु कसो गरौँ, मर्न खोज्छु शब्द भित्र,
यो मर्दलाई बुझी हेर्दा,  द पछी आउँछ ।

यस्तो शब्द्जाल भित्र, माया धेरै टाँसेकोछु,
मलाई बुझीदेउ सानु,  म पछी आउँछ ।

गज़ल- "क्षारे रोग भई....."


क्षारे रोग भई संधै, बल्झिएं जीन्दगी भर ।
जंडीया भई संधै, रल्लिएं जीन्दगी भर ।

दुखी भंए भनौ भनें,  मेरै गल्ति भा'छ हजुर,
कसलाई सुनाऊ ओछ्यानमा, पल्टिएं जीन्दगी भर ।

बुढ्यौलीपन गंजेडो छु, कसले मलाई पत्याउला र,
कूलतमा जीवन डुबाई,  अल्झिएं जीन्दगी भर ।

दु:ख पाई रोइ रा'छु, मेरो रोदन कसले सुन्ला,
शरीर सबै दुखी रा'छ, थल्लीएं जीन्दगी भर ।

बढ्नु अब कसो गरि,  सपना छन् धेरै-धेरै,
हालतमा यस्तो भएँ, ढल्कीएं जीन्दगी भर ।

गज़ल- "गज़ल कोरी....."


गज़ल कोरी तिमीलाई,  सुनाएरै छाड्छु ।
प्यासीको यो मनमा सानु, थुनाएरै छाड्छु ।

फुलेकीछ्यौ गुराँस झैं, ढक-मक्क लाली छर्दै,
रस चुस्न भमरा झैं,  भुनाएरै छाड्छु ।

लालुपाते ओठ तिम्रो, भुल्न सक्छु कसरी म,
माया गर्न बल्छी भित्र,  उनाएरै छाड्छु ।

प्यासीको यो बल्छी सानु, माया गर्न तिमीलाई,
आतुर छ मिलाउन,  तुनाएरै छाड्छु ।

बोल्छ प्यासी गर्छ उसै, कसम हट्या छैन पछी,
तिम्रो लागी बर-माला,  बुनाएरै छाड्छु ।