क बाट गज़ल लेख्छु, ख पछी आउँछ ।द लाई संधै बोलाउछु, स पछी आउँछ ।
अर्थ धेरै लाग्दा रैछन, अल्मलिंछु कहिले-काहिँ,
गज़लमा ग लेख्दा, ल पछी आउछ ।
गज़ल मेरो बुझ्यौ भने, सकारात्मक मानीदिनु,
साहित्यकार मान्यौ भने, र पछी आउँछ ।
प्यारी सानु कसो गरौँ, मर्न खोज्छु शब्द भित्र,
यो मर्दलाई बुझी हेर्दा, द पछी आउँछ ।
यस्तो शब्द्जाल भित्र, माया धेरै टाँसेकोछु,
मलाई बुझीदेउ सानु, म पछी आउँछ ।
No comments:
♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥