मन मिल्ने मान्छे संग, तर्की किन हिड्नु सानु ?
आउ गासौं चोखो प्रित, अंगालोमा कसी,
बैंस फुलाई धर्ति बीच, लर्की किन हिंड्नु सानु ?
बैंसालु त्यो उमेरलाई, नलुकाउ है पर्दा भित्र,
अत्तर त्यो बैंसको, छर्की किन हिंड्नु सानु?
नलाउने भए माया, किन नजर कायल पार्छ्यौ ?
बारम्बार अघि बाट, मर्की किन हिंड्नु सानु ?
म त तिम्रो प्यासी सानु, तिमी मेरी ठाने डल्ली,
पुल-पुलिएर पुलुक-पुलुक, फर्की किन हिंड्नु सानु ?
No comments:
♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥