♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Thursday, March 8, 2012

गजल- तिमी बाट कहिल्यै पनि.....


तिमीबाट कहिल्यै पनि, टाढा हुन्न सानु ।
तिमी बाहेक अन्त कतै,साइनो बुन्न सानु ।

तिमीलाई जीवन-साथी, ठान्या पनि धेरै भयो,
सानु  बिना  कसैलाई,  अब  चुन्न  सानु ।

सता'को छ यादले मलाई, टाढा हुँदा हिजो-आज,
दुनियाँले  काट्ने  कुरा,  तिम्रो  सुन्न  सानु ।

हृदयमा राखी सकें, तिमीलाई चाही सकें,
मुटु माझ अरुलाई, कसम  थुन्न सानु ।

विश्वास गर यो प्यासीको, तिम्रै निम्ति बाँचेको छ,
 साँचेको   छु  माया  पनि,  अन्त  ढुन्न  सानु ।