♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Tuesday, May 22, 2012

मुक्तक - तिम्रो रुपमा...

-->

तिम्रो रुपमा मेरी सानु, बाँचेको छु आज।
तिम्रो न्यानो माया सानु, साँचेको छु आज।

धेरै  भयो   नभेटेको,  नदेखेको   पनि,
कल्पी तिम्लाई बदनमा, टाँसेको छु आज।

Friday, May 11, 2012

गजल- आकाशमा उदाएर...


आकाशमा उदाएर, टहन्छ्यौ किन सानु ?
तड्पाएर बादल बनि, बहन्छ्यौ किन सानु ?

यो प्यासी झन प्यासी भो, कहाँबाट पिउँ पानी,
मेटाई दिन्छु प्यास भनि, कहन्छ्यौ किन सानु ?

यती सार्हो पागल बनाई, किन मलाई सताएकि,
समुन्द्रको छाल छुँदै, तहन्छ्यौ किन सानु ?

बेचैन भो मन पनि, तिम्रो तड्पाई भित्र रंदा,
प्रकृतिको यस्तो गरम, सहन्छ्यौ किन सानु ?

झरी देउ झर्ना बनि, प्यासी कृष्ण तिम्रै नै हो,
एकोहोर्याइ यती टाढा, रहन्छ्यौ किन सानु ?