Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
Friday, February 27, 2015
Tuesday, August 6, 2013
गज़ल - मन भित्रका.....
मन भित्रका भावहरु, गाउँछ गज़लले।
ओठ भरी मुस्कान, ल्याउँछ गज़लले।
फ़ुराऊँछ शब्दहरु, मन मुट भित्रै बाट,
कस्तो होला मन भनि, च्याउँछ गज़लले।
के-के बोल्छ भावनामा, भन्दै मन चोर्छ,
हात दिंदै साथ दिन, दाउँछ गज़लले।
ओकलाउँछ शब्दहरु, रुवाउँछ गज़लले,
खुसी बने भित्रै देखि, हसाउँछ गज़लले।
बेरि दिन्छ काफिया र, रदिफ़ले आँफै,
मिठास बन्न तखल्लुसमा, धाउँछ गज़लले।
ღ
गजल
Wednesday, April 24, 2013
गज़ल- प्यासी सित मेरी सानु.....
प्यासी सित मेरी सानु, सजाउन पो आउँछेउ कि त ।
मनको उथल रात भरी, बगाउन पो आउँछेउ कि त ।
स'जाकिछेउ बगैंचा नै, फूली ढक-मक्क तिम्ले,
भमरा यो प्यासीलाई, बसाउन पो आउँछेउ कि त ।
प्यासी प्यासी तिम्रै प्यासी, दिल प्यासी मन प्यासी,
प्यासी सँग प्यासी माया, लगाउन पो आउँछेउ कि त ।
चन्चल मनले बोलाउछु, टोलाउँछु कल्पनामा,
बसन्तमा लाली-रंग, रंगाउन पो आउँछेउ कि त ।
दिलको प्यासी तिम्रो प्यासी, बनि दिउँला तिम्रो इक्षा,
प्यासीको त्यो बगैंचामा, रमाउन पो आउँछेऊ कि त ।
ღ
गजल
Sunday, March 10, 2013
गजल- नगरे नि गल्ति.....
नगरे नि गल्ति तिम्ले, गर्या देखें आज मैले ।
चट्ट मुटु तोडी तिम्ले, सर्या देखें आज मैले ।
कति थियो माया सानु, नाप्न भुल्यौ प्यासी सित ।
भुल्यौ नासो पराई सित, चर्या देखें आज मैले ।
कस्तो होला दिल तिम्रो, जन्म दियौ माया मार्यौ,
भुली जीवनसाथी खोला, तर्या देखें आज मैले ।
थिएन त माया भने, किन गाँस्यौ जुनी काट्ने,
टुट्यो मुटु बर्खे झरी, पर्या देखें आज मैले ।
बाँच्छु सानु जसो-तसो, नासो च्यापी नाम लिँदै,
आँफु आँफै पहिरोमा, मर्या देखें आज मैले ।
ღ
गजल
Saturday, January 12, 2013
गजल- माया गरी तिमीलाई.....
माया गरी तिमीलाई, मरेको दिन कस्तो होला ?
तिमी बाट धेरै टाढा, सरेको दिन कस्तो होला ?
सक्दिन म कल्पना नि, गर्न सानु यस्तो कुरा,
तिम्लाई छाडी बैतरणी, तरेको दिन कस्तो होला ?
लाँदा होलान् शंख फुकी, कात्रो बेरी लास बाँधी,
बाटो भरी लजा-टिला, छरेको दिन कस्तो होला ?
बर्खे -झरी भेल-बाढी, आउँदो होला आँगनमा,
मुसलधारे वर्षा-पानी, परेको दिन कस्तो होला ?
जलाउन तयारीमा, हुँदा होलान स-मलामी,
चिहानमा दाउरा-मिट्टी, भरेको दिन कस्तो होला ?
ღ
गजल
Friday, December 21, 2012
गज़ल- जून फुल्दा अँधेरीमा.....
जून फुल्दा अँधेरीमा, रात अर्कै हुन्छ।
भयौ समिप भने मेरो, साथ् अर्कै हुन्छ।
निस्किदिन्छु कल्पनाको, अन्धकार चौतारीमा,
साथ पाउँदा रात संगै, मात अर्कै हुन्छ।
कति-कति कल्पनामा, पर्खिरन्छु तिमीलाई,
भुल्छु मन मधुर त्यो, बात अर्कै हुन्छ।
कल्पनाकी मेरी सानु, रुझ्दै भेट्न आईदिंदा,
मिलनमा दुई मनको, बर्षात् अर्कै हुन्छ।
भएनौ त साच्ची तिमी, खाली-खाली प्यासी खाली,
खाली तिमी उस्तै खाली, हात अर्कै हुन्छ।
ღ
गजल
Thursday, September 27, 2012
गज़ल - तिमी छैनौ भने.....
तिम्रो तस्बिर अंगालोमा, कस्नु को के अर्थ ?
चोखो प्रेमको पुजारी हुँ, माया तिम्लाई अति गर्छु,
तिमी छैनौ त्यो मनमा, पस्नु को के अर्थ ?
बिषालु त्यो यौवानोन्मात, साँची बसेकोछु,
गज़ल बाटो बनाएर, डस्नु को के अर्थ ?
छुपेकी छ्यौ लुकेकी छेउ, बर्षातमा ओझेल पर्दै,
झरी बनि रुझाउना, खस्नुको के अर्थ ?
चोखो प्रेमको पुजारी हुँ, माया तिम्लाई अति गर्छु,
तिमी छैनौ त्यो मनमा, पस्नु को के अर्थ ?
बिषालु त्यो यौवानोन्मात, साँची बसेकोछु,
गज़ल बाटो बनाएर, डस्नु को के अर्थ ?
छुपेकी छ्यौ लुकेकी छेउ, बर्षातमा ओझेल पर्दै,
झरी बनि रुझाउना, खस्नुको के अर्थ ?
ღ
गजल
Sunday, September 9, 2012
गजल- लजाएर मुस्कुराउने.....
लजाएर मुस्कुराउने, तिम्रो अधर राम्रो।
हेर्दै पागल बनाउने, तिम्रो नजर राम्रो।
शब्द छैन तारिफ गर्ने, कुन शब्दमा बोलौँ,
आँखा आँखा जुधाउने, तिम्रो टक्कर राम्रो।
पल्केछु पो कुन्नि क्या हो, लाग्छ सँधै पाउँ,
वास्नामा नि कति मिठो, तिम्रो अत्तर राम्रो।
कति गर्नु तिम्रो बयान, गरि साध्य छैन,
चंचल त्यो मिलनमा, तिम्रो रहर राम्रो।
सँधै भरि माया गरी, गरौँ मन परी,
फेरी आउंछु क्रेता बनि, तिम्रो शहर राम्रो।
ღ
गजल
Friday, May 11, 2012
गजल- आकाशमा उदाएर...
तड्पाएर बादल बनि, बहन्छ्यौ किन सानु ?
यो प्यासी झन प्यासी भो, कहाँबाट पिउँ पानी,
मेटाई दिन्छु प्यास भनि, कहन्छ्यौ किन सानु ?
यती सार्हो पागल बनाई, किन मलाई सताएकि,
समुन्द्रको छाल छुँदै, तहन्छ्यौ किन सानु ?
बेचैन भो मन पनि, तिम्रो तड्पाई भित्र रंदा,
प्रकृतिको यस्तो गरम, सहन्छ्यौ किन सानु ?
झरी देउ झर्ना बनि, प्यासी कृष्ण तिम्रै नै हो,
एकोहोर्याइ यती टाढा, रहन्छ्यौ किन सानु ?
ღ
गजल
Thursday, March 8, 2012
गजल- तिमी बाट कहिल्यै पनि.....
तिमी बाहेक अन्त कतै,साइनो बुन्न सानु ।
तिमीलाई जीवन-साथी, ठान्या पनि धेरै भयो,
सानु बिना कसैलाई, अब चुन्न सानु ।
सता'को छ यादले मलाई, टाढा हुँदा हिजो-आज,
दुनियाँले काट्ने कुरा, तिम्रो सुन्न सानु ।
हृदयमा राखी सकें, तिमीलाई चाही सकें,
मुटु माझ अरुलाई, कसम थुन्न सानु ।
विश्वास गर यो प्यासीको, तिम्रै निम्ति बाँचेको छ,
साँचेको छु माया पनि, अन्त ढुन्न सानु ।
ღ
गजल
Tuesday, January 24, 2012
गजल- पहिलो चोटी...
पहिलो चोटी भेट भा'को, कल्कलाउँदो बैंश रै'छ ।
सानुको त्यो नजरमा, जल-जलाउँदो बैंश रै'छ ।
कसरी म तारिफ गरूँ, बोली बचन लट्ठै पार्ने,
मधुर त्यो मुस्कानमा, सल्-सलाउँदो बैंश रै'छ ।
एकोहोरो हेराइले , मताउला झैँ भयो,
थल-थलाउँदो शरीरमा,तल्-तलाउँदो बैंश रै'छ ।
मनै मेरो बदलेर, कति मन चोर्या होला,
साच्चै भन्छु उनि संग, भल-भलाउँदो बैंश रै'छ ।
कसरी म बर्णन गरूँ, गजलबाट उनको हजुर,
तारिफ गर्दा कम हुन्छ, हल्-हलाउँदो बैंश रै'छ ।
ღ
गजल
Friday, December 2, 2011
गजल- यो प्यासीको हृदयमा.....
यो प्यासीको हृदयमा, धल्वलायो तिम्रो माया ।
अंग-अंग नशा-नशा, सल्वलायो तिम्रो माया ।
मोहनी त्यो लठै पार्ने, बोली-व्यवहार मताउने,
शरीरका कोष-कोषमा, चल्वलायो तिम्रो माया ।
साच्चै सानु तिम्रो कसम, मेरो मनलाई गाँठो पार्यौ,
हृदयको केन्द्र माझ, छल्वलायो तिम्रो माया ।
नशालु ति नजरमा, फसाई मलाई छाड्यौ सानु,
आखिरीमा प्यासी भित्र, ढल्वलायो तिम्रो माया ।
शिखार्या'छु तिम्रो माया, कसम प्यासी तोड्ने छैन,
जुनी भरी प्यासी भित्र, टल्वलायो तिम्रो माया ।
अंग-अंग नशा-नशा, सल्वलायो तिम्रो माया ।
मोहनी त्यो लठै पार्ने, बोली-व्यवहार मताउने,
शरीरका कोष-कोषमा, चल्वलायो तिम्रो माया ।
साच्चै सानु तिम्रो कसम, मेरो मनलाई गाँठो पार्यौ,
हृदयको केन्द्र माझ, छल्वलायो तिम्रो माया ।
नशालु ति नजरमा, फसाई मलाई छाड्यौ सानु,
आखिरीमा प्यासी भित्र, ढल्वलायो तिम्रो माया ।
शिखार्या'छु तिम्रो माया, कसम प्यासी तोड्ने छैन,
जुनी भरी प्यासी भित्र, टल्वलायो तिम्रो माया ।
ღ
गजल
Friday, August 19, 2011
गजल- आगो लगाई...
आगो लगाई यो मनलाई, डढाएर किन छाड्यौ?
पतिदेवको नाउँमा दुई फूल्, चडाएर किन छाड्यौ?
चोखो थियो चोखै गर्थ्यो, तिम्रो प्यासी माया तिम्लाई,
चडाएको त्यो फूल लाई, सडाएर किन छाड्यौ?
थि-एन माया चोखो भने, किन खायौ बाचा कसम,
सोझो मनलाई तिमी भित्र, खडाएर किन छाड्यौ?
कत्रो थियो रहर मेरो, जिन्दगीमा सँगै जिउने,
दरार आयो त्यो स्तम्भ, लडाएर किन छाड्यौ?
पतिदेवको नाउँमा दुई फूल्, चडाएर किन छाड्यौ?
चोखो थियो चोखै गर्थ्यो, तिम्रो प्यासी माया तिम्लाई,
चडाएको त्यो फूल लाई, सडाएर किन छाड्यौ?
थि-एन माया चोखो भने, किन खायौ बाचा कसम,
सोझो मनलाई तिमी भित्र, खडाएर किन छाड्यौ?
कत्रो थियो रहर मेरो, जिन्दगीमा सँगै जिउने,
दरार आयो त्यो स्तम्भ, लडाएर किन छाड्यौ?
छैन अब औचित्य नि, पत्नी हुनु तिमी सित,
प्यासीलाई माया जाल, पढाएर किन छाड्यौ?
ღ
गजल
Sunday, July 17, 2011
गजल- प्रेमको जाल...
प्रेमको जाल तिमी तिर, हान्नु गल्ती भो ।
तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो ।
मेरी मुटु तिमीलाई , चुनेको थेँ हज्जारौंमा,
लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो ।
कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं,
चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो ।
पागल भा'छ प्यासी आज, त्यो मनमा मन साट्दा,
त्यो दिललाई यो दिलमा, तान्नु गल्ती भो ।
सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ,
मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो ।
तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो ।
मेरी मुटु तिमीलाई , चुनेको थेँ हज्जारौंमा,
लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो ।
कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं,
चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो ।
पागल भा'छ प्यासी आज, त्यो मनमा मन साट्दा,
त्यो दिललाई यो दिलमा, तान्नु गल्ती भो ।
सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ,
मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो ।
ღ
गजल
Thursday, June 30, 2011
गजल- भुन्छु तिम्रो...
भुन्छु तिम्रो वरी-परी ,फुलिदेउन एक चोटी।
प्यासी तिर मेरी सानु, भुलिदेउन एक चोटी।
तिम्रो लागी सागर बन्छु, प्रित पाउन तिम्रो सानु,
यो दिलमा दुग्ध बनि, घुलीदेउन एक चोटी।
के-के बन्नु बनि दिन्छु, पहाड पनि बनि दिन्छु,
झर्झर त्यो हिंउ बनि, चुलीदेउन एक चोटी।
खुल्ला छ यो छाती सानु, प्यास कति-कति झन,
आँचल खोली प्यासी भित्र, खुलीदेउन एक चोटी।
तिम्रो माया कति चाहें, अन्तिम इच्छा केहि छैन,
तिमी भए पुग्छ सानु, डुलीदेउन एक चोटी।
ღ
गजल
Saturday, June 25, 2011
गजल के हो र कसरी लेखिन्छ?
अघिल्लो पोस्टमा मैले गजल कसरी लेखिन्छ? के हो? गजलमा रदिफ, काफिया, सेर, मिसरा, तखल्लुस, मक्ता, मतला आदि के के हुन्? भन्ने बारेमा मैले जानेको जानकारी दिएको थिए। आज त्यो लेखमा रहेको "समक्षर" र "समध्वनी" को बारेमा जानकारी दिन चाहन्छु। हुन त यी दुइ शब्द त्यसै नै स्पस्ट छन्, तर पनि यी शब्दहरुले त्यति स्पस्ट पार्न नसकेको खण्डमा अथवा नव सर्जक ज्यु हरुलाई स्पस्ट बुझाइको लागी यो अर्को लेख पोस्ट गरेकोछु। जे होस् लेख्न मन गर्नु हुने तपाइको लागी यो उपयोगी नै हुनेछ भन्ने लाग्छ। त यहाँ समक्षर भन्नाले "गण" को बारेमा स्पस्ट पार्छ। हामीले गजल लेख्ने क्रममा सर्बप्रथम काफियाहरु संकलन गर्नु पर्छ। त्यस पछी सुहाउँदो रदिफ राख्नु पर्छ।
यहाँ रदिफ छान्ने क्रममा समक्षर भए राम्रो गजलको रुपमा गनिनेछ हुन त लेखक कै बिचारको कुरा हो। पूर्व जानकारी अनुसार कफियाका प्रकारले लेखकलाई पार्ने प्रभावमा निहित रहन्छ। फेरी पनि राम्रो गजलका लागी गर्नु पर्ने परिश्रमको थोरै जानकारी यहाँ प्रस्तुत छ। जस्तै:-
भुन्छु तिम्रो वरी-परी ,फुलिदेउन एक चोटी।
प्यासी तिर मेरी सानु, भुलिदेउन एक चोटी।
यो माथिको यो एउटा सेर हेर्नुस त यहाँ ४+४+५+४ को प्रयोग छ। कसरी छ? भन्नु होला. ४="भुन्छु तिम्रो" फेरी अर्को ४="वरी-परी" छन्। त्यस पछी कमा(,) पछाडी ५="फुलिदेउन" र अर्को ४="एक चोटी" छन्। यो लेखाईको मतलव त्यहि हो जुन गजलमा समक्षर को प्रयोग हो। भन्नुको मतलव अक्षरहरु बराबर हुनु हो।
Monday, June 13, 2011
गजल कसरी लेख्ने?
पछिल्लो पोस्टमा भने अनुरुप मैले तपाईहरुलाई यो लेखमा "गजल के हो?" "कसरी लेखिन्छ?"भन्ने बिषयमा अलिकति भए पनि जानकारी दिनै पर्छ। आफुले जाने जति यो लेखमा उतार्ने प्रयास गरेकोछु। सक्दो पुस्तकहरु अनि अग्रज दाजु-दिदीहरु संग बसेर गजलका बारेमा छलफल बाटै यति जानकारी पाएको हुँ। तपाइलाई गजलको बारेमा थाहा छ र मलाई केहि लेख्न मन लागेमा मेरो कमेन्ट बक्स तपाई हरुको प्रतिक्रियाको लागि हुनेछ। खैर लामो कुरा गर्दिन। यो गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत: नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ। सर्बप्रथम--
- गजल के हो?
- यहाँ गजलको आक्षरिक अर्थ दिंदा
"ग"+"ज"+"अल"= "गजल" भएको हुन्छ.
ग=को अर्थ (स्त्री वा नारी)
ज=को अर्थ (वार्ता वा वाणी)
अल=को अर्थ (साथ वा संग) भन्ने हुन्छ।
Wednesday, June 1, 2011
गज़ल के हो?
के तपाईलाई गज़ल मन पर्छ? गज़ल विधामा कलम चलाउन चाहनु हुन्छ? तपाई गज़ल विधामा नयाँ हुनुहुन्छ? तपाई गज़ल लेख्न सिक्नु हुन्छ? के हो गज़ल जान्न चाहनुहुन्छ? आउँदा लेखहरुमा तपाईलाई मैले जानेका गज़लका बारेमा बताउनेछु। मेरो ब्लगको भ्रमण गर्दै गर्नु होला।
धन्यवाद!
धन्यवाद!
Sunday, March 20, 2011
तिम्लाई नजर लगाएर...

तिम्लाई नजर लगाएर, घायल भो कृष्ण प्यासी ।
भावनालाई जगाएर, घायल भो कृष्ण प्यासी । मन थिएन जोगी बन्न, भै-भै आज माग्दै,
भिख मुट्ठी मगाएर, घायल भो कृष्ण प्यासी ।
नसोची देउ उल्टा कुरा, धेरै मन छ माया दिन,
सक्ने भै-भै ठगाएर, घायल भो कृष्ण प्यासी ।
कस्तो नसिब रैछ कुन्नि,सोचे उल्टो हुने,
सच्चा सबै बगाएर, घायल भो कृष्ण प्यासी ।
माया दिन्छु भन्दै गएँ, झुठा भए कुरा सबै,
कमजोरपनले सगाएर, घायल भो कृष्ण प्यासी ।
ღ
गजल
Monday, October 4, 2010
गज़ल-बजाउँथें बाँसुरी.....

बजाउथें बाँसुरी, बज्थ्यो छक्क लाग्थ्यो ।
हसाउथें बाँसुरी, हाँस्थ्यो छक्क लाग्थ्यो ।
हँसाई अनि बजाईमा, सुखी दर्द हुन्थ्यो होला,
रुवाउथें बाँसुरी, रुन्थ्यो छक्क लाग्थ्यो ।
निर्जीव त्यो सजीव लाग्थ्यो, उत्ताउलो बनाउँदा,
खेलाउथें बाँसुरी, फुल्थ्यो छक्क लाग्थ्यो । सुम-सुम्याउँदा बाँसुरीलाई, मत्ताउने लट्ठ बनाई,
डुलाउँथें बाँसुरी, डुल्थ्यो छक्क लाग्थ्यो ।
पाउथें साथ् बोल्दा संगै, माया कति-कति,
बोलाउथें बाँसुरी, बोल्थ्यो छक्क लाग्थ्यो ।
ღ
गजल













