♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Saturday, June 25, 2011

गजल के हो र कसरी लेखिन्छ?

अघिल्लो पोस्टमा मैले गजल कसरी लेखिन्छ? के हो? गजलमा रदिफ, काफिया, सेर, मिसरा, तखल्लुस, मक्ता, मतला आदि के के हुन्? भन्ने बारेमा मैले जानेको जानकारी दिएको थिए। आज त्यो लेखमा रहेको "समक्षर""समध्वनी" को बारेमा जानकारी दिन चाहन्छु। हुन त यी दुइ शब्द त्यसै नै स्पस्ट छन्, तर पनि यी शब्दहरुले त्यति स्पस्ट पार्न नसकेको खण्डमा अथवा नव सर्जक ज्यु हरुलाई स्पस्ट बुझाइको लागी यो अर्को लेख पोस्ट गरेकोछु। जे होस् लेख्न मन गर्नु हुने तपाइको लागी यो उपयोगी नै हुनेछ भन्ने लाग्छ।  त यहाँ समक्षर भन्नाले "गण" को बारेमा स्पस्ट पार्छ। हामीले गजल लेख्ने क्रममा सर्बप्रथम काफियाहरु संकलन गर्नु पर्छ। त्यस पछी सुहाउँदो रदिफ राख्नु पर्छ।
                यहाँ रदिफ छान्ने क्रममा समक्षर भए राम्रो गजलको रुपमा गनिनेछ हुन त लेखक कै बिचारको कुरा हो। पूर्व जानकारी अनुसार कफियाका प्रकारले लेखकलाई पार्ने प्रभावमा निहित रहन्छ। फेरी पनि राम्रो गजलका लागी गर्नु पर्ने परिश्रमको थोरै जानकारी यहाँ प्रस्तुत छ। जस्तै:-

भुन्छु तिम्रो वरी-परी ,फुलिदेउन एक चोटी।
प्यासी तिर मेरी सानु, भुलिदेउन एक चोटी।

यो माथिको यो एउटा सेर हेर्नुस त यहाँ ४+४+५+४ को प्रयोग छ। कसरी छ? भन्नु होला. ४="भुन्छु तिम्रो" फेरी अर्को ४="वरी-परी" छन्। त्यस पछी कमा(,) पछाडी ५="फुलिदेउन" र अर्को ४="एक चोटी" छन्। यो लेखाईको मतलव त्यहि हो जुन गजलमा समक्षर को प्रयोग हो। भन्नुको मतलव अक्षरहरु बराबर हुनु हो।

त्यस्तै समध्वनी को मतलव पनि माथिको एउटा सेर हेरेर नै बुझ्नु पर्छ। बराबर अक्षर आए भन्दैमा गजल हुदैन, त्यहाँ हामीले गजल बोल्दा समान ध्वनि निस्कनु पर्छ। जस्तो कि अर्थपूर्ण अनि गजलको  भाव झल्किनु पर्छ, जसले गर्दा गजल बोल्दा शब्दको उचाई संगै बोल्नेको मन प्रफुल्ल होस्। मतलव गजलले पूर्ण  अर्थ बोकोस। त्यो नै सबल गजल बोल्न योग्य हुन्छ.


बाँकी अर्को बसाइमा..................

No comments:

Blogger Tricks And TipsComment here

♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥