♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Sunday, March 10, 2013

गजल- नगरे नि गल्ति.....


नगरे नि गल्ति तिम्ले, गर्‍या देखें आज मैले ।
चट्ट मुटु तोडी तिम्ले, सर्‍या देखें आज मैले ।

कति थियो माया सानु, नाप्न भुल्यौ प्यासी सित ।
भुल्यौ नासो  पराई  सित, चर्‍या  देखें  आज  मैले ।

कस्तो होला दिल तिम्रो, जन्म दियौ माया मार्यौ,
भुली जीवनसाथी खोला,  तर्‍या  देखें  आज  मैले ।

थिएन त माया भने, किन गाँस्यौ जुनी काट्ने,
टुट्यो  मुटु  बर्खे  झरी,  पर्‍या  देखें  आज  मैले । 

बाँच्छु सानु जसो-तसो, नासो च्यापी नाम लिँदै,
आँफु  आँफै  पहिरोमा,  मर्‍या  देखें  आज  मैले ।