♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Thursday, August 25, 2011

कबिता- "म"

व्यंग्य कबिता...


खाएको छु, हिंड्न सक्दिन,
बाएको छु, मुख खोल्न सक्दिन।
पेट साह्रै ठूलो भयो,
घुस हो कि भुस,
पैसाको बिटो मोल्नै सक्दिन।
जात जान्छ होला, पदको दुरुपयोग गर्दा,
जाँड-रक्सी, दुधिया र विस्की, छोड्नै सक्दिन।
धेरै पुस्ता बिते, पद सम्हाल्न थालेको,
पद सम्हाल्दा सम्हाल्दै, पेट सम्हाल्नै सक्दिन।
पल्ला घरे माइलो पनि, मर्निग वाक गर्छु भन्थ्यो,
तलव ले त पुग्दैन यार, घुस बाट पेट भर्छु भन्थ्यो।
डाक्टर भन्छ- अदुवा खानुस, पेट हजम गराउनुहोस्,
तर के गर्नु?
अदुवा आंटने भए, अझ दुइ-चार जना बाट,
घुस खाइ हाल्थें, अलि-अलि नोट पाई हाल्थें,
आनन्द संग, टेबलमा गित गाइ हाल्थें नि...!
त्यसैले हजुर!!
खाएको छु हिड्न सक्दिन,
बाएको छु, मुख खोल्नै सक्दिन।
पेट सारै ठुलो भयो,
घुस हो कि भुस,
पैसाको बिटो, मोल्नै सक्दिन।

Friday, August 19, 2011

गजल- आगो लगाई...



आगो लगाई यो मनलाई, डढाएर किन छाड्यौ?
पतिदेवको नाउँमा दुई फूल्, चडाएर किन छाड्यौ?

चोखो थियो चोखै गर्थ्यो, तिम्रो प्यासी माया तिम्लाई,
चडाएको त्यो फूल लाई, सडाएर किन छाड्यौ?

थि-एन माया चोखो भने, किन खायौ बाचा कसम,
सोझो मनलाई तिमी भित्र, खडाएर किन छाड्यौ?

कत्रो थियो रहर मेरो, जिन्दगीमा सँगै जिउने,
दरार आयो त्यो स्तम्भ, लडाएर किन छाड्यौ?

छैन अब औचित्य नि, पत्नी हुनु तिमी सित,
प्यासीलाई माया जाल, पढाएर किन छाड्यौ?

Friday, August 12, 2011

कविता - "बिबश प्रेम"

माया हो सानु, मर्दैन कैल्यै, बिछोड भए नि ।
चोखो यो प्रेम, भित्र छ मन, ज्यान टाढा गए नि ।।
                        नसम्झ दु:ख, नसम्झ पिडा, याद आउँदा बेसरी ।
                        दुख्दो हो त्यो मन, मान्छेलाई आफ्नो, नपाउँदा यसरी ।।

तिम्रो त्यो यादमा, बाँचेको छु म, कर्ममा रमेर ।
सपना ठुलो, बसाउँला खुसी, भबिष्य गमेर ।।
                        बांचेछु भने, फर्किमा आउंछु, त्यो माया संगाल्न ।
                         धन कमाई ल्याउँला, खुसीको साथमा,तिमीलाई अंगाल्न ।।

एक्लैछु आज, यो परदेशमा, चिठी छ साथमा ।
दुखित छ कृष्ण, ज्यान त्यो नपाउँदा,मिसाउन जातमा ।।
                          सहारा दिन्थें, समिप भए, माया त कति झन् ।
                           बनेछु पापी, तिमीलाई छोडी, रो'को छ मेरो मन ।।

Wednesday, August 3, 2011

मुक्तक




सानो आँसी  ले,   पनि त्यो काट्छ ।
प्यासीको मन नि, पनि उस्तै फाट्छ ।

तिम्रो त्यो वचनले , मन यो ताछदा,
खुसी भई आफ्नै मुटु, जहर सँग साट्छ ।