♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Friday, December 2, 2011

गजल- यो प्यासीको हृदयमा.....

यो प्यासीको हृदयमा, धल्वलायो तिम्रो माया ।
अंग-अंग नशा-नशा, सल्वलायो तिम्रो माया ।

मोहनी त्यो लठै पार्ने, बोली-व्यवहार  मताउने,
शरीरका कोष-कोषमा, चल्वलायो तिम्रो माया ।


साच्चै सानु तिम्रो कसम, मेरो मनलाई गाँठो पार्यौ,
 हृदयको  केन्द्र  माझ, छल्वलायो तिम्रो  माया ।


नशालु ति नजरमा, फसाई मलाई छाड्यौ सानु,
आखिरीमा प्यासी भित्र, ढल्वलायो तिम्रो माया ।


शिखार्या'छु तिम्रो माया, कसम प्यासी तोड्ने छैन,
जुनी भरी  प्यासी भित्र, टल्वलायो तिम्रो  माया ।