आगो लगाई यो मनलाई, डढाएर किन छाड्यौ?
पतिदेवको नाउँमा दुई फूल्, चडाएर किन छाड्यौ?
चोखो थियो चोखै गर्थ्यो, तिम्रो प्यासी माया तिम्लाई,
चडाएको त्यो फूल लाई, सडाएर किन छाड्यौ?
थि-एन माया चोखो भने, किन खायौ बाचा कसम,
सोझो मनलाई तिमी भित्र, खडाएर किन छाड्यौ?
कत्रो थियो रहर मेरो, जिन्दगीमा सँगै जिउने,
दरार आयो त्यो स्तम्भ, लडाएर किन छाड्यौ?

छैन अब औचित्य नि, पत्नी हुनु तिमी सित,
प्यासीलाई माया जाल, पढाएर किन छाड्यौ?
एकदमै मिठो गजल .. अझै परिस्कृत गजल पढ्न पाइयोस है ... । साँच्चै कता तिर हो यो शब्दबाँण गजल मार्फत ...? मिठो सृजना
ReplyDeleteआयुश सर! सादुबाद!! है!!! गजल कोर्ने दौरानमा कता कता पुगेँ हौ खै! कत्तिले त मात्तिएको कृष्ण प्यासी पनि भने भन्या, खैर प्रतिकृयाको लागी सलाम ठोकें है त!
ReplyDelete