चोखो यो प्रेम, भित्र छ मन, ज्यान टाढा गए नि ।।
नसम्झ दु:ख, नसम्झ पिडा, याद आउँदा बेसरी ।
दुख्दो हो त्यो मन, मान्छेलाई आफ्नो, नपाउँदा यसरी ।।
तिम्रो त्यो यादमा, बाँचेको छु म, कर्ममा रमेर ।
सपना ठुलो, बसाउँला खुसी, भबिष्य गमेर ।।
बांचेछु भने, फर्किमा आउंछु, त्यो माया संगाल्न ।
धन कमाई ल्याउँला, खुसीको साथमा,तिमीलाई अंगाल्न ।।
एक्लैछु आज, यो परदेशमा, चिठी छ साथमा ।
दुखित छ कृष्ण, ज्यान त्यो नपाउँदा,मिसाउन जातमा ।।
सहारा दिन्थें, समिप भए, माया त कति झन् ।
बनेछु पापी, तिमीलाई छोडी, रो'को छ मेरो मन ।।
पर्ख है सानु, आउंछु है चांडै, तिमीलाई भेट्नलाई ।
नसोच अन्त, मैले नि छैन, आउंछु प्यास मेट्नलाई ।।
तिम्रो हो प्यासी, अरुको हैन, सोचिदेउ सच्चा प्यार ।
तिमी हौ मेरी, धर्ममा पत्नी, सोच्दिन व्यभिचार ।।
के गर्नु सानु, कर्मले हाम्लाई, बनायो एकादेश ।
पर्खेर बस, आउनेछ पक्का, खुसीको परिवेश ।।
तिम्रै हो लागी, गरेको सबै, ज्यान फाली बिदेशमा ।
फर्केर चांडै, बसौंला रमाई, आफ्नै त्यो स्वदेशमा ।।
बसिदेउ घरमा, बनेर जेठो, हेरी देउ कामलाई ।
सकिन मैले, कर्मले खुसी, दिन बा-आमालाई ।।
हुनेछ धर्म, तिमीलाई धेरै, सोचेर पतिलाई ।
नबिर्स सानु, खाएको कसम, छोएर बत्तीलाई ।।
मरौंला बरु, सँगैमा-संगै, चोखो प्रेम देखाउन ।
पबित्र दिललाई, नबनाउ झुटो, तग्दिरमा लेखाउन ।।
पाउँछौ दु:ख, श्रापमा लागे, बुडा बा-आमाको ।
तोड्नेमा छुइन, त्यो चोखो बचन, हाम्रा ति मामाको ।।
बुझ है प्यारी, मेरो यो ब्यथा, मायालाई अंगाली ।
राखी देउ चोखो, प्यासीको प्रेमलाई, मन भित्र संगाली ।।
No comments:
♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥