माया गरी तिमीलाई, मरेको दिन कस्तो होला ?
तिमी बाट धेरै टाढा, सरेको दिन कस्तो होला ?
सक्दिन म कल्पना नि, गर्न सानु यस्तो कुरा,
तिम्लाई छाडी बैतरणी, तरेको दिन कस्तो होला ?
लाँदा होलान् शंख फुकी, कात्रो बेरी लास बाँधी,
बाटो भरी लजा-टिला, छरेको दिन कस्तो होला ?
बर्खे -झरी भेल-बाढी, आउँदो होला आँगनमा,
मुसलधारे वर्षा-पानी, परेको दिन कस्तो होला ?
जलाउन तयारीमा, हुँदा होलान स-मलामी,
चिहानमा दाउरा-मिट्टी, भरेको दिन कस्तो होला ?
Pyasi sir, Mero bhabana jastai lagyo yo gajal.
ReplyDeleteSmritirogi
www.smritisangraha.blogspot.com
ए हो र भन्या! मिल्न सक्छ है कत्ती कुराहरु राम जी
ReplyDeleteकमेन्ट को लागी हजुरलाई सादुबाद्!!