♥♥♥तपाईंलाई कृष्ण प्यासी ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Wednesday, April 24, 2013

गज़ल- प्यासी सित मेरी सानु.....


प्यासी सित मेरी सानु, सजाउन पो आउँछेउ कि त ।
मनको  उथल रात भरी, बगाउन पो आउँछेउ कि त ।

स'जाकिछेउ बगैंचा  नै,  फूली  ढक-मक्क  तिम्ले,
भमरा यो प्यासीलाई, बसाउन पो आउँछेउ कि त ।

प्यासी प्यासी तिम्रै प्यासी, दिल प्यासी  मन प्यासी,
प्यासी सँग प्यासी माया, लगाउन पो आउँछेउ कि त ।

चन्चल  मनले  बोलाउछु,  टोलाउँछु  कल्पनामा,
बसन्तमा लाली-रंग, रंगाउन पो आउँछेउ कि त ।

दिलको प्यासी तिम्रो प्यासी, बनि दिउँला तिम्रो इक्षा,
प्यासीको त्यो बगैंचामा, रमाउन पो आउँछेऊ कि त ।

Sunday, March 10, 2013

गजल- नगरे नि गल्ति.....


नगरे नि गल्ति तिम्ले, गर्‍या देखें आज मैले ।
चट्ट मुटु तोडी तिम्ले, सर्‍या देखें आज मैले ।

कति थियो माया सानु, नाप्न भुल्यौ प्यासी सित ।
भुल्यौ नासो  पराई  सित, चर्‍या  देखें  आज  मैले ।

कस्तो होला दिल तिम्रो, जन्म दियौ माया मार्यौ,
भुली जीवनसाथी खोला,  तर्‍या  देखें  आज  मैले ।

थिएन त माया भने, किन गाँस्यौ जुनी काट्ने,
टुट्यो  मुटु  बर्खे  झरी,  पर्‍या  देखें  आज  मैले । 

बाँच्छु सानु जसो-तसो, नासो च्यापी नाम लिँदै,
आँफु  आँफै  पहिरोमा,  मर्‍या  देखें  आज  मैले ।

Saturday, January 12, 2013

गजल- माया गरी तिमीलाई.....


माया गरी तिमीलाई, मरेको दिन कस्तो होला ?
तिमी बाट धेरै टाढा, सरेको  दिन कस्तो  होला ?

सक्दिन म  कल्पना नि, गर्न  सानु  यस्तो  कुरा,
तिम्लाई छाडी बैतरणी, तरेको दिन कस्तो होला ?

लाँदा होलान् शंख  फुकी, कात्रो बेरी लास  बाँधी,
बाटो भरी लजा-टिला, छरेको दिन कस्तो होला ?

बर्खे -झरी भेल-बाढी,  आउँदो  होला आँगनमा,
मुसलधारे वर्षा-पानी, परेको दिन कस्तो होला ?

जलाउन   तयारीमा,  हुँदा  होलान  स-मलामी,
चिहानमा दाउरा-मिट्टी, भरेको दिन कस्तो होला ?

Friday, December 21, 2012

गज़ल- जून फुल्दा अँधेरीमा.....


जून फुल्दा अँधेरीमा, रात अर्कै हुन्छ।
भयौ समिप भने मेरो, साथ् अर्कै हुन्छ।

निस्किदिन्छु कल्पनाको, अन्धकार चौतारीमा,
साथ  पाउँदा  रात  संगै,  मात  अर्कै  हुन्छ।

कति-कति कल्पनामा, पर्खिरन्छु तिमीलाई,
भुल्छु  मन  मधुर  त्यो,  बात  अर्कै  हुन्छ।

कल्पनाकी मेरी सानु, रुझ्दै भेट्न आईदिंदा,
मिलनमा  दुई मनको, बर्षात्  अर्कै  हुन्छ।

भएनौ त साच्ची तिमी, खाली-खाली प्यासी खाली,
खाली  तिमी  उस्तै  खाली,  हात  अर्कै  हुन्छ।

Sunday, September 30, 2012

भिडियो - तिम्लाई देखेर.....


मलाई मन पर्ने चित्रांकित भिडियो हजुरहरुलाई प्रस्तुत गरेको छु। पुरै भिडियोहरु हेर्न

Thursday, September 27, 2012

गज़ल - तिमी छैनौ भने.....


तिमी  छैनौ  भने दिलमा, बस्नु को के अर्थ ?
तिम्रो तस्बिर अंगालोमा, कस्नु को के अर्थ ?

चोखो प्रेमको पुजारी हुँ, माया तिम्लाई अति गर्छु,
तिमी   छैनौ  त्यो  मनमा,  पस्नु  को  के  अर्थ ?

बिषालु त्यो यौवानोन्मात, साँची बसेकोछु,
गज़ल  बाटो  बनाएर,  डस्नु को  के  अर्थ ?

छुपेकी छ्यौ लुकेकी छेउ, बर्षातमा ओझेल पर्दै,
झरी   बनि   रुझाउना,  खस्नुको   के  अर्थ ?

Sunday, September 9, 2012

गजल- लजाएर मुस्कुराउने.....


लजाएर मुस्कुराउने, तिम्रो अधर राम्रो।
हेर्दै पागल बनाउने, तिम्रो नजर राम्रो।

शब्द छैन तारिफ गर्ने, कुन शब्दमा बोलौँ,
आँखा आँखा जुधाउने, तिम्रो टक्कर राम्रो।

पल्केछु पो कुन्नि क्या हो, लाग्छ सँधै पाउँ,
वास्नामा नि कति मिठो, तिम्रो अत्तर राम्रो।

कति गर्नु तिम्रो बयान, गरि  साध्य छैन,
चंचल त्यो मिलनमा, तिम्रो  रहर राम्रो।

सँधै  भरि  माया  गरी,  गरौँ   मन  परी,
फेरी आउंछु क्रेता बनि, तिम्रो शहर राम्रो।