Saturday, August 4, 2012
Wednesday, June 6, 2012
भिडियो - पानीको नृत्य यहाँ...
दुबई शहर को एउटा प्रख्यात् Shopping Center दुबई म़ल र विश्वको सबै भन्दा अग्लो टावर Burj Khalifa नजिकै रहेको WATER FOUNTAIN मा संगीत संगै पानी नृत्य गरेको दृश्य मेरो मोबाईलबाट लिइएको भिडियो यहाँ... ।
ღ
भिडियो
Tuesday, May 22, 2012
Friday, May 11, 2012
गजल- आकाशमा उदाएर...
तड्पाएर बादल बनि, बहन्छ्यौ किन सानु ?
यो प्यासी झन प्यासी भो, कहाँबाट पिउँ पानी,
मेटाई दिन्छु प्यास भनि, कहन्छ्यौ किन सानु ?
यती सार्हो पागल बनाई, किन मलाई सताएकि,
समुन्द्रको छाल छुँदै, तहन्छ्यौ किन सानु ?
बेचैन भो मन पनि, तिम्रो तड्पाई भित्र रंदा,
प्रकृतिको यस्तो गरम, सहन्छ्यौ किन सानु ?
झरी देउ झर्ना बनि, प्यासी कृष्ण तिम्रै नै हो,
एकोहोर्याइ यती टाढा, रहन्छ्यौ किन सानु ?
ღ
गजल
Friday, April 20, 2012
Thursday, March 8, 2012
गजल- तिमी बाट कहिल्यै पनि.....
तिमी बाहेक अन्त कतै,साइनो बुन्न सानु ।
तिमीलाई जीवन-साथी, ठान्या पनि धेरै भयो,
सानु बिना कसैलाई, अब चुन्न सानु ।
सता'को छ यादले मलाई, टाढा हुँदा हिजो-आज,
दुनियाँले काट्ने कुरा, तिम्रो सुन्न सानु ।
हृदयमा राखी सकें, तिमीलाई चाही सकें,
मुटु माझ अरुलाई, कसम थुन्न सानु ।
विश्वास गर यो प्यासीको, तिम्रै निम्ति बाँचेको छ,
साँचेको छु माया पनि, अन्त ढुन्न सानु ।
ღ
गजल
Tuesday, January 24, 2012
गजल- पहिलो चोटी...
पहिलो चोटी भेट भा'को, कल्कलाउँदो बैंश रै'छ ।
सानुको त्यो नजरमा, जल-जलाउँदो बैंश रै'छ ।
कसरी म तारिफ गरूँ, बोली बचन लट्ठै पार्ने,
मधुर त्यो मुस्कानमा, सल्-सलाउँदो बैंश रै'छ ।
एकोहोरो हेराइले , मताउला झैँ भयो,
थल-थलाउँदो शरीरमा,तल्-तलाउँदो बैंश रै'छ ।
मनै मेरो बदलेर, कति मन चोर्या होला,
साच्चै भन्छु उनि संग, भल-भलाउँदो बैंश रै'छ ।
कसरी म बर्णन गरूँ, गजलबाट उनको हजुर,
तारिफ गर्दा कम हुन्छ, हल्-हलाउँदो बैंश रै'छ ।
ღ
गजल





