♥♥♥तपाईंलाई कृष्ण प्यासी ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Tuesday, May 22, 2012

मुक्तक - तिम्रो रुपमा...

-->

तिम्रो रुपमा मेरी सानु, बाँचेको छु आज।
तिम्रो न्यानो माया सानु, साँचेको छु आज।

धेरै  भयो   नभेटेको,  नदेखेको   पनि,
कल्पी तिम्लाई बदनमा, टाँसेको छु आज।

Friday, May 11, 2012

गजल- आकाशमा उदाएर...


आकाशमा उदाएर, टहन्छ्यौ किन सानु ?
तड्पाएर बादल बनि, बहन्छ्यौ किन सानु ?

यो प्यासी झन प्यासी भो, कहाँबाट पिउँ पानी,
मेटाई दिन्छु प्यास भनि, कहन्छ्यौ किन सानु ?

यती सार्हो पागल बनाई, किन मलाई सताएकि,
समुन्द्रको छाल छुँदै, तहन्छ्यौ किन सानु ?

बेचैन भो मन पनि, तिम्रो तड्पाई भित्र रंदा,
प्रकृतिको यस्तो गरम, सहन्छ्यौ किन सानु ?

झरी देउ झर्ना बनि, प्यासी कृष्ण तिम्रै नै हो,
एकोहोर्याइ यती टाढा, रहन्छ्यौ किन सानु ? 

Friday, April 20, 2012

फोटो- आफैँ...

मेरो एउटा सामान्य फोटो

Thursday, March 8, 2012

गजल- तिमी बाट कहिल्यै पनि.....


तिमीबाट कहिल्यै पनि, टाढा हुन्न सानु ।
तिमी बाहेक अन्त कतै,साइनो बुन्न सानु ।

तिमीलाई जीवन-साथी, ठान्या पनि धेरै भयो,
सानु  बिना  कसैलाई,  अब  चुन्न  सानु ।

सता'को छ यादले मलाई, टाढा हुँदा हिजो-आज,
दुनियाँले  काट्ने  कुरा,  तिम्रो  सुन्न  सानु ।

हृदयमा राखी सकें, तिमीलाई चाही सकें,
मुटु माझ अरुलाई, कसम  थुन्न सानु ।

विश्वास गर यो प्यासीको, तिम्रै निम्ति बाँचेको छ,
 साँचेको   छु  माया  पनि,  अन्त  ढुन्न  सानु ।

Tuesday, January 24, 2012

गजल- पहिलो चोटी...

पहिलो चोटी भेट भा'को, कल्कलाउँदो बैंश रै'छ ।
सानुको त्यो नजरमा, जल-जलाउँदो बैंश रै'छ ।

कसरी म तारिफ गरूँ, बोली बचन लट्ठै  पार्ने,
मधुर त्यो मुस्कानमा, सल्-सलाउँदो बैंश रै'छ ।

एकोहोरो   हेराइले ,   मताउला   झैँ   भयो,
थल-थलाउँदो शरीरमा,तल्-तलाउँदो बैंश रै'छ ।

मनै मेरो  बदलेर,  कति   मन  चोर्या   होला,
साच्चै भन्छु उनि संग, भल-भलाउँदो बैंश रै'छ ।

कसरी म बर्णन  गरूँ, गजलबाट  उनको हजुर,
तारिफ गर्दा कम हुन्छ, हल्-हलाउँदो बैंश रै'छ ।

Friday, December 2, 2011

गजल- यो प्यासीको हृदयमा.....

यो प्यासीको हृदयमा, धल्वलायो तिम्रो माया ।
अंग-अंग नशा-नशा, सल्वलायो तिम्रो माया ।

मोहनी त्यो लठै पार्ने, बोली-व्यवहार  मताउने,
शरीरका कोष-कोषमा, चल्वलायो तिम्रो माया ।


साच्चै सानु तिम्रो कसम, मेरो मनलाई गाँठो पार्यौ,
 हृदयको  केन्द्र  माझ, छल्वलायो तिम्रो  माया ।


नशालु ति नजरमा, फसाई मलाई छाड्यौ सानु,
आखिरीमा प्यासी भित्र, ढल्वलायो तिम्रो माया ।


शिखार्या'छु तिम्रो माया, कसम प्यासी तोड्ने छैन,
जुनी भरी  प्यासी भित्र, टल्वलायो तिम्रो  माया ।

Friday, September 2, 2011

लघुकथा- "सहयोग"

  
 बेलुका ३ बजे घोपा अस्पताल धरानबाट बहिनीलाई डिस्चार्ज गराइए पछी भवानी मिश्र आफ्नो घर इलाम साङरुम्बा-३ तिर फर्किने तयारी गर्छन। साँझ परिसकेको थियो, घर पुग्नु पर्ने जरुरी थियो-उनलाई। किनकि उनको आई.ए. दोस्रो बर्षको परीक्षा नजिकिंदै थियो। एक हप्ता अघि देखि बहिनी कमलालाई उपचारका क्रममा धरान पुर्याए पछी एउटा सानो चकटीलाई आफ्नो ओछ्यान मानेर बिरामी कुरुवा हुनु परेको थियो। ति दिनबाट मुक्ति त्यो ३ बजे दिउँसोको समयबाट भएको थियो। धरानबाट गाडी चढी सकेपछी आफ्नी बिरामी बहिनी कमलाले वमिटिंग गर्दै गर्दा पनि सम्हाल्दै घर पुर्याउनु पर्ने थियो। होटलमा बसुँ भने बिरामी बहिनीको त्यो हालतले आफैं थकित भै सकेका थिए उनि। फेरी धरानको बसाइले गर्दा पैसा पनि कम्ति नै थियो। झापाको सुरुंगा आई नपुग्दै रात झमक्क परीसकेको थियो। इलामको साङरुम्बा पुग्न थियो। सुरुंगा बजार देखि अलि तल सानी-आमाको घरमा बास बस्ने सोचे उनले। बहिनीको होस्-हवास थिएन। उता आफ्नै पनि अब के गर्ने? भन्ने सोच गुमी सकेको थियो। कन्डक्टरलाई सुरुंगामा उत्रिन्छौं भन्न सम्म भुले उनले। केहि पर पुगे...