Sunday, June 19, 2011
Monday, June 13, 2011
गजल कसरी लेख्ने?
पछिल्लो पोस्टमा भने अनुरुप मैले तपाईहरुलाई यो लेखमा "गजल के हो?" "कसरी लेखिन्छ?"भन्ने बिषयमा अलिकति भए पनि जानकारी दिनै पर्छ। आफुले जाने जति यो लेखमा उतार्ने प्रयास गरेकोछु। सक्दो पुस्तकहरु अनि अग्रज दाजु-दिदीहरु संग बसेर गजलका बारेमा छलफल बाटै यति जानकारी पाएको हुँ। तपाइलाई गजलको बारेमा थाहा छ र मलाई केहि लेख्न मन लागेमा मेरो कमेन्ट बक्स तपाई हरुको प्रतिक्रियाको लागि हुनेछ। खैर लामो कुरा गर्दिन। यो गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत: नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ। सर्बप्रथम--
- गजल के हो?
- यहाँ गजलको आक्षरिक अर्थ दिंदा
"ग"+"ज"+"अल"= "गजल" भएको हुन्छ.
ग=को अर्थ (स्त्री वा नारी)
ज=को अर्थ (वार्ता वा वाणी)
अल=को अर्थ (साथ वा संग) भन्ने हुन्छ।
Wednesday, June 1, 2011
गज़ल के हो?
के तपाईलाई गज़ल मन पर्छ? गज़ल विधामा कलम चलाउन चाहनु हुन्छ? तपाई गज़ल विधामा नयाँ हुनुहुन्छ? तपाई गज़ल लेख्न सिक्नु हुन्छ? के हो गज़ल जान्न चाहनुहुन्छ? आउँदा लेखहरुमा तपाईलाई मैले जानेका गज़लका बारेमा बताउनेछु। मेरो ब्लगको भ्रमण गर्दै गर्नु होला।
धन्यवाद!
धन्यवाद!
Tuesday, May 17, 2011
Wednesday, April 20, 2011
Sunday, March 20, 2011
तिम्लाई नजर लगाएर...

तिम्लाई नजर लगाएर, घायल भो कृष्ण प्यासी ।
भावनालाई जगाएर, घायल भो कृष्ण प्यासी । मन थिएन जोगी बन्न, भै-भै आज माग्दै,
भिख मुट्ठी मगाएर, घायल भो कृष्ण प्यासी ।
नसोची देउ उल्टा कुरा, धेरै मन छ माया दिन,
सक्ने भै-भै ठगाएर, घायल भो कृष्ण प्यासी ।
कस्तो नसिब रैछ कुन्नि,सोचे उल्टो हुने,
सच्चा सबै बगाएर, घायल भो कृष्ण प्यासी ।
माया दिन्छु भन्दै गएँ, झुठा भए कुरा सबै,
कमजोरपनले सगाएर, घायल भो कृष्ण प्यासी ।
ღ
गजल





