♥♥♥तपाईंलाई कृष्ण प्यासी ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥
Showing posts with label व्यंग्य-बाटीका. Show all posts
Showing posts with label व्यंग्य-बाटीका. Show all posts

Sunday, July 26, 2015

कविता - गोर्खाली आवाज


हामी बिर गोर्खाली देशमा छौं,
बिदेशमा छौं,
खाडीमा छौं,
ताडिमा छौं,
लिपुलेक भारतले लग्यो भनेर नेपाल बन्द गर्छौं,
त कहिले गाडीले बाख्रो मार्यो भनेर बाटो बन्द गर्छौं,
गर्छौं;
हामी हड्ताल गर्छौं,
देशका लागी  मर्छौं,
एउटाले बन्दुक बोकाऊँछ बोक्छौं,
 को गलत को जायज,
ठोक आदेश मात्र आउनु पर्छ, ठोक्छौँ,
किनकी;
हामी बिर गोर्खाली हौं।
बिर नेपाली,  हिजो जनयुद्द लड्यौ,
भोलि धनयुद्द लड्छौं,
आज धर्मयुद्द लड्दै छौं,

Thursday, August 25, 2011

कबिता- "म"

व्यंग्य कबिता...


खाएको छु, हिंड्न सक्दिन,
बाएको छु, मुख खोल्न सक्दिन।
पेट साह्रै ठूलो भयो,
घुस हो कि भुस,
पैसाको बिटो मोल्नै सक्दिन।
जात जान्छ होला, पदको दुरुपयोग गर्दा,
जाँड-रक्सी, दुधिया र विस्की, छोड्नै सक्दिन।
धेरै पुस्ता बिते, पद सम्हाल्न थालेको,
पद सम्हाल्दा सम्हाल्दै, पेट सम्हाल्नै सक्दिन।
पल्ला घरे माइलो पनि, मर्निग वाक गर्छु भन्थ्यो,
तलव ले त पुग्दैन यार, घुस बाट पेट भर्छु भन्थ्यो।
डाक्टर भन्छ- अदुवा खानुस, पेट हजम गराउनुहोस्,
तर के गर्नु?
अदुवा आंटने भए, अझ दुइ-चार जना बाट,
घुस खाइ हाल्थें, अलि-अलि नोट पाई हाल्थें,
आनन्द संग, टेबलमा गित गाइ हाल्थें नि...!
त्यसैले हजुर!!
खाएको छु हिड्न सक्दिन,
बाएको छु, मुख खोल्नै सक्दिन।
पेट सारै ठुलो भयो,
घुस हो कि भुस,
पैसाको बिटो, मोल्नै सक्दिन।