♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Thursday, August 25, 2011

कबिता- "म"

व्यंग्य कबिता...


खाएको छु, हिंड्न सक्दिन,
बाएको छु, मुख खोल्न सक्दिन।
पेट साह्रै ठूलो भयो,
घुस हो कि भुस,
पैसाको बिटो मोल्नै सक्दिन।
जात जान्छ होला, पदको दुरुपयोग गर्दा,
जाँड-रक्सी, दुधिया र विस्की, छोड्नै सक्दिन।
धेरै पुस्ता बिते, पद सम्हाल्न थालेको,
पद सम्हाल्दा सम्हाल्दै, पेट सम्हाल्नै सक्दिन।
पल्ला घरे माइलो पनि, मर्निग वाक गर्छु भन्थ्यो,
तलव ले त पुग्दैन यार, घुस बाट पेट भर्छु भन्थ्यो।
डाक्टर भन्छ- अदुवा खानुस, पेट हजम गराउनुहोस्,
तर के गर्नु?
अदुवा आंटने भए, अझ दुइ-चार जना बाट,
घुस खाइ हाल्थें, अलि-अलि नोट पाई हाल्थें,
आनन्द संग, टेबलमा गित गाइ हाल्थें नि...!
त्यसैले हजुर!!
खाएको छु हिड्न सक्दिन,
बाएको छु, मुख खोल्नै सक्दिन।
पेट सारै ठुलो भयो,
घुस हो कि भुस,
पैसाको बिटो, मोल्नै सक्दिन।

No comments:

Blogger Tricks And TipsComment here

♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥