♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Monday, June 13, 2011

गजल कसरी लेख्ने?

          पछिल्लो पोस्टमा भने अनुरुप मैले तपाईहरुलाई यो लेखमा "गजल के हो?" "कसरी लेखिन्छ?"भन्ने बिषयमा अलिकति भए पनि जानकारी दिनै पर्छ। आफुले जाने जति यो लेखमा उतार्ने प्रयास गरेकोछु। सक्दो पुस्तकहरु अनि अग्रज दाजु-दिदीहरु संग बसेर गजलका बारेमा छलफल बाटै यति जानकारी पाएको हुँ।  तपाइलाई गजलको बारेमा थाहा छ र  मलाई केहि लेख्न मन लागेमा मेरो कमेन्ट बक्स तपाई हरुको प्रतिक्रियाको लागि हुनेछ।  खैर लामो कुरा गर्दिन। यो गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत:  नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ। सर्बप्रथम--

  •  गजल के हो?
- यहाँ गजलको आक्षरिक अर्थ दिंदा

"ग"+"ज"+"अल"= "गजल" भएको हुन्छ.

ग=को अर्थ (स्त्री वा नारी)
ज=को अर्थ (वार्ता वा वाणी)
अल=को अर्थ (साथ वा संग)  भन्ने हुन्छ।


अतः समग्रमा "गजल"को शाब्दिक अर्थ "नारी संग गरिने वार्तालाप वा कुराकानी नै गजल हो।" अथवा "प्रेमिका संगको प्रणयता वार्ता" भन्ने पनि बुझिन्छ।

म गजलका तत्वहरुको बारेमा जानकारी दिन लागी रहेकोछु.गजल लेख्दा के के कुराहरुमा ध्यान दिनु पर्छ? काँहा? कसरी? प्रयोग र अनुप्रयोग गर्नु पर्छ? भन्ने बारेमा लेख्दैछु। यो तलको गजल पढ्नुहोस्-

गजल

हिजो-आज ठुले संग, सल्क्या छौ रे भन्ने सुन्छु
उसै संग दिन-रात, पल्क्या छौ रे भन्ने सुन्छु।

मन रैछ उस्को लागी, किन झुटो प्रेम गर्यौ?
रातै भरि उस्को निम्ति, टल्क्या छौ रे भन्ने सुन्छु।

मन मुटु गांस्या थिंए, धोका दियौ आज तिम्ले,
मलाई बिर्सी उसै सित, छ्ल्क्या छौ रे भन्ने सुन्छु।

किन यस्तो भयो सानु, चटक्क नै माया मार्यौ,
सबै त्यागी उतै तिर, ढल्क्या छौ रे भन्ने सुन्छु।

यस्तै रै'छ साँचो प्रेम, माईमा गई कसम खा'को,
राम्रो छैन प्यासी भन्दै, झल्क्या छौ रे भन्ने सुन्छु।
                                                                                  -कृष्ण प्यासी



         यहाँ माथिको गजल पढी सकेपछी बुझ्नु पर्ने कुरा के के हुन् त? भने हामीले सिधै हेर्दा १० हरफहरु छन्। ति १० हरफलाई गजलको भाषामा "मिसरा" वा "मिस्रा" भनिन्छ. अत: यहाँ १० मिसरा वा मिश्रा छन्। माथिको गजलमा रहेका २ मिसराहरुलाई "सेर"  भनिन्छन।अथवा २ वटा मिसराको संयोजनबाट एउटा सेरको निर्माण हुन्छ। त्यसैले यहाँ पुरा ५ सेरहरु छन्, भन्दा फरक नपर्ला। त्यस्तै  माथिकै गजलमा प्रथम सेरको प्रथम मिसरालाई "मिसरा ए-उला" भनिन्छ र  दोस्रो सेरलाई "मिसरा ए-सानी" भनिन्छ। माथिको गजलको पहिलो सेरलाई "मतला" भनिन्छ। गजलमा मुख्य २ तत्व हुन्छन। ति हुन् "रदिफ""काफिया"। माथि एक पटक गजलमा नजर घुमाउनु होस् त रातो मसीले लेखिएको जुन शब्द हरु क्रमश: सल्क्या, पल्क्या, टल्क्या, छल्क्या, ढल्क्या, झल्क्या, छन् ति सबै "काफिया" हुन्। त्यस्तै गरेर निलो मसिले लेखिएको छौ रे भन्ने सुन्छु। चाँही "रदिफ" हो। यहाँ बुझ्नु पर्ने कुरा जहिले पनि "काफिया" रदिफ भन्दा पूर्ववर्ती हुन्छ। काफिया पछी आउने रदिफ हो।
              
बिषेशत: काफिया २ प्रकारका हुन्छन। ति हुन् -

१. पूर्ण काफिया र
२. आंशिक काफिया
 यहाँ पूर्ण काफिया को बनावट यस्तो हुन्छ- गर्छु,  मर्छु,  तर्छु,  झर्छु। भने
आंशिक काफियाको बनावट यस्तो हुन्छ- गरेर, भनेर जलेर इत्यादि...

अन्य काफिया पनि प्रचलितमा छन् ति हुन्-

क. एकाक्षरिय, र
ख.हम-काफिया।


क.
यहाँ एकाक्षरिय काफिया भन्नाले आंशिक काफिया जस्तै-जस्तै नै हो। जस्तै:- भुलेर, खाएर,पिएर,तरेर लुकेर इत्यादि.....

ख. हम-काफिया भन्नाले जबर्जस्ति बनाइएको हुन्छ। तर रेडियोमा गाइएको गजल सुन्नु भएकोछ भने यो काफिया बढी प्रयोग हुने गरिएको हुन्छ। जस्तै:- गर्छु, हिंड्छु, बर्सन्छु, फुल्छु इत्यादी.....

अब अर्को कुरा गजलको अन्तिमको सेरलाई "मक्ता" भनिन्छ। यसको शाब्दिक अर्थ समाप्त हो भने गजलको अन्तिममा लेखकले आफ्नो नाम प्रयोग गर्छ भने त्यो नामलाई "तखल्लुस" भनिन्छ। माथिको गजलमा प्यासी तखल्लुस हो। समग्रमा भन्नु पर्दा समध्वनी र समक्षर भएको भएको नै पूर्ण र सबल गजल हुन्छ। परम्परागत रुपले जाने हो भने ४+४+४+४= १६ हुनु पर्छ। भन्नु को तात्पर्य यो गण र बहर भित्र को बिषय हो। अबश्य अर्को बसाईमा लेख्नेछु।

     तपाईहरुलाई गजलमा "बहर", "गण", को बारेमा पनि जान्ने इच्छा होला। म आगामी लेखहरुमा थप्दै जानेछु। अत: तपाई आफै प्रयास गर्नुहोस् गर्नु पर्ने सहयोग म गर्नेछु। प्रयोग गरिहेर्नु होस्। तपाई लाई यो बिषय कस्तो लाग्यो? लेख्न नभुल्नु होला। धन्यबाद!
लेखन यात्रा को कामना.....


20 comments:

  1. राम्रो लाग्यो तर आफुलाई लेख्नै आउदैन र पो त !!!

    ReplyDelete
  2. सिम्पने ठिटो ज्यु! प्रायस गर्नुस न हुन्छ । थोरै दिमाग प्रयोग गर्नु पर्ने हुन्छ । प्रतिकृयाको लागि सादुबाद!

    ReplyDelete
  3. बिषय सहि छ, जानकारीका लागि धन्यवाद!

    ReplyDelete
  4. धन्यबाद सुमन जी! प्रतिकृयाको लागी...

    ReplyDelete
  5. कृष्णजिलाई धेरै धेरै धन्यवाद, म एस्ता किशिमका समग्री धेरै अगि देखी खोजी रहेको थिय । हजुरको ब्लग मर्फत गलज बिशयक समग्री पढ्न पए , निक्कै ज्ञान बद्यो । म बिदेश्मा बस्छु , नेपाली भाषा अनि साहित्य सिक्ने ठाउँ भन्द धेरै पर । मैले गजलका बिशयम अन्य धेरै कुरा सिक्न चाहेको छु । जस्तै सुत्रमा कसरी लेख्ने , कती अक्ष्यरको लेख्ने , ३,२,३२,३३ लगयत अन्य सुत्र । अर्को कुरा गजल्, मुक्तक अथवा रुवाइमा कस्तो फरक छ । थप सामग्री प्रकाशित गरिदिनु भए आवारी हुने थे ।

    ReplyDelete
  6. NaBन प्रभात ज्यु ! धन्यबाद मिठो प्रतिक्रियाको लागी । अन्य केहि जानकारीका लागी यो लिंक http://krishnapyasi.blogspot.in/2011/06/blog-post_25.html मा क्लिक गर्नु होला । साधुबाद !!

    ReplyDelete
  7. सिम्पनि ठिटो जी! अहिले त राम्रो लेख्न थाल्नु भएको छ। लेख्दै जानुहोस्.....
    कलमी शुभ-कामना... !!

    ReplyDelete
  8. लामो समय देखी सोख को रुप मा लेख्ने गरेको छु अब बुझेरै लेख्ने बिचार छ सन्जाल मार्फत दिनु भाको ज्ञान को लागि आभारी छु

    राम चन्द्र बस्नेत
    हाल अमेरिका

    ReplyDelete
  9. सहायोग् को लागि धन्यवाद ,गजल लेख्ने रहर पुरा गर्ने आशा मा छु

    ReplyDelete
  10. रामचन्द्र ज्यु अनि दीपेन्द्र ज्यु लाई सादुबाद!

    ReplyDelete
  11. धेरै आभार कृष्ण सर,बहर के हो कसरी लेखिन्छ, र शुत्र हरु पनि राखिदिनुहोला ।

    ReplyDelete
  12. धेरै आभार कृष्ण सर,बहर के हो कसरी लेखिन्छ, र शुत्र हरु पनि राखिदिनुहोला ।

    ReplyDelete
  13. गजल कसरी लेख्ने भन्ने बारे सजिल्यै बुज्न सकिने गरि तरिका सिकाउनु भएको रहेछ ।
    गजल लेखन सम्बन्धी सजिलै बुज्न सके यहाँ बाट धेरै खुसी लाग्यो । धेरै-धेरै धन्यबाद कृष्ण सर :* ।

    ReplyDelete
  14. नयन सर अनि कृश्टल सर लाई धन्यवाद!
    समय नमिलेका कारण बहरका बारेमा लेख्न पाईरहेको छुईन, समय मिल्ना साथ लेख्नेछु।

    ReplyDelete
  15. नयन सर अनि कृश्टल सर लाई धन्यवाद!
    समय नमिलेका कारण बहरका बारेमा लेख्न पाईरहेको छुईन, समय मिल्ना साथ लेख्नेछु।

    ReplyDelete
  16. गजल लेखन सम्बन्धी बाढ्नु भएको यो ज्ञान मेरो लागि बैशाखी बनेको छ। दाजुप्रति हृदयदेखि आभारी छु ।

    ReplyDelete
  17. के गजल लेख्दा शब्दसंख्या बराबर हुनु अनिवार्य हो ?

    ReplyDelete
  18. नमस्कार प्यासी सर तपाई को बलग मा जोडिने भाग्य मिल्लो सानै देखि गजल बिद्या मन पर्थो तर लेख्ने अभ्यास चै गरेको थिन हजुको लेख हेरे र धेरै कुरा सिक्न पाय अब लेखने प्रयास गर्ने छु बहर र सुत्रको बारेमा जानकारी दिनु होला ठुलो आसा राखेको छ साधुवाद।

    ReplyDelete
  19. जानकारी का लागी यहालाई धेरै धन्यवाद। यस्ता सामाग्रीले लेखनशैलीमा सुधार गर्न मौका मिल्छ ।।

    ReplyDelete
  20. म पनि प्रयासरत छु गजल लेखनमा तपाईको यो लेखनले गजलका थप केही नियमहरु समेत बुझ्न पाएँ धन्यवाद

    ReplyDelete

♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥