♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Tuesday, January 24, 2012

गजल- पहिलो चोटी...

पहिलो चोटी भेट भा'को, कल्कलाउँदो बैंश रै'छ ।
सानुको त्यो नजरमा, जल-जलाउँदो बैंश रै'छ ।

कसरी म तारिफ गरूँ, बोली बचन लट्ठै  पार्ने,
मधुर त्यो मुस्कानमा, सल्-सलाउँदो बैंश रै'छ ।

एकोहोरो   हेराइले ,   मताउला   झैँ   भयो,
थल-थलाउँदो शरीरमा,तल्-तलाउँदो बैंश रै'छ ।

मनै मेरो  बदलेर,  कति   मन  चोर्या   होला,
साच्चै भन्छु उनि संग, भल-भलाउँदो बैंश रै'छ ।

कसरी म बर्णन  गरूँ, गजलबाट  उनको हजुर,
तारिफ गर्दा कम हुन्छ, हल्-हलाउँदो बैंश रै'छ ।