तिमी बाहेक अन्त कतै,साइनो बुन्न सानु ।
तिमीलाई जीवन-साथी, ठान्या पनि धेरै भयो,
सानु बिना कसैलाई, अब चुन्न सानु ।
सता'को छ यादले मलाई, टाढा हुँदा हिजो-आज,
दुनियाँले काट्ने कुरा, तिम्रो सुन्न सानु ।
हृदयमा राखी सकें, तिमीलाई चाही सकें,
मुटु माझ अरुलाई, कसम थुन्न सानु ।
विश्वास गर यो प्यासीको, तिम्रै निम्ति बाँचेको छ,
साँचेको छु माया पनि, अन्त ढुन्न सानु ।