♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Friday, September 2, 2011

लघुकथा- "सहयोग"

  
 बेलुका ३ बजे घोपा अस्पताल धरानबाट बहिनीलाई डिस्चार्ज गराइए पछी भवानी मिश्र आफ्नो घर इलाम साङरुम्बा-३ तिर फर्किने तयारी गर्छन। साँझ परिसकेको थियो, घर पुग्नु पर्ने जरुरी थियो-उनलाई। किनकि उनको आई.ए. दोस्रो बर्षको परीक्षा नजिकिंदै थियो। एक हप्ता अघि देखि बहिनी कमलालाई उपचारका क्रममा धरान पुर्याए पछी एउटा सानो चकटीलाई आफ्नो ओछ्यान मानेर बिरामी कुरुवा हुनु परेको थियो। ति दिनबाट मुक्ति त्यो ३ बजे दिउँसोको समयबाट भएको थियो। धरानबाट गाडी चढी सकेपछी आफ्नी बिरामी बहिनी कमलाले वमिटिंग गर्दै गर्दा पनि सम्हाल्दै घर पुर्याउनु पर्ने थियो। होटलमा बसुँ भने बिरामी बहिनीको त्यो हालतले आफैं थकित भै सकेका थिए उनि। फेरी धरानको बसाइले गर्दा पैसा पनि कम्ति नै थियो। झापाको सुरुंगा आई नपुग्दै रात झमक्क परीसकेको थियो। इलामको साङरुम्बा पुग्न थियो। सुरुंगा बजार देखि अलि तल सानी-आमाको घरमा बास बस्ने सोचे उनले। बहिनीको होस्-हवास थिएन। उता आफ्नै पनि अब के गर्ने? भन्ने सोच गुमी सकेको थियो। कन्डक्टरलाई सुरुंगामा उत्रिन्छौं भन्न सम्म भुले उनले। केहि पर पुगे...