♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Thursday, June 30, 2011

गजल- भुन्छु तिम्रो...


भुन्छु तिम्रो वरी-परी ,फुलिदेउन एक चोटी।
प्यासी तिर मेरी सानु, भुलिदेउन एक चोटी।

तिम्रो लागी सागर बन्छु, प्रित पाउन तिम्रो सानु,
यो दिलमा दुग्ध बनि, घुलीदेउन एक चोटी।

के-के बन्नु बनि दिन्छु, पहाड पनि बनि दिन्छु,
झर्झर त्यो हिंउ बनि, चुलीदेउन एक चोटी।

खुल्ला छ यो छाती सानु, प्यास कति-कति झन,
आँचल खोली प्यासी भित्र, खुलीदेउन एक चोटी।

तिम्रो माया कति चाहें, अन्तिम इच्छा केहि छैन,
तिमी भए पुग्छ सानु, डुलीदेउन एक चोटी।

Saturday, June 25, 2011

गजल के हो र कसरी लेखिन्छ?

अघिल्लो पोस्टमा मैले गजल कसरी लेखिन्छ? के हो? गजलमा रदिफ, काफिया, सेर, मिसरा, तखल्लुस, मक्ता, मतला आदि के के हुन्? भन्ने बारेमा मैले जानेको जानकारी दिएको थिए। आज त्यो लेखमा रहेको "समक्षर""समध्वनी" को बारेमा जानकारी दिन चाहन्छु। हुन त यी दुइ शब्द त्यसै नै स्पस्ट छन्, तर पनि यी शब्दहरुले त्यति स्पस्ट पार्न नसकेको खण्डमा अथवा नव सर्जक ज्यु हरुलाई स्पस्ट बुझाइको लागी यो अर्को लेख पोस्ट गरेकोछु। जे होस् लेख्न मन गर्नु हुने तपाइको लागी यो उपयोगी नै हुनेछ भन्ने लाग्छ।  त यहाँ समक्षर भन्नाले "गण" को बारेमा स्पस्ट पार्छ। हामीले गजल लेख्ने क्रममा सर्बप्रथम काफियाहरु संकलन गर्नु पर्छ। त्यस पछी सुहाउँदो रदिफ राख्नु पर्छ।
                यहाँ रदिफ छान्ने क्रममा समक्षर भए राम्रो गजलको रुपमा गनिनेछ हुन त लेखक कै बिचारको कुरा हो। पूर्व जानकारी अनुसार कफियाका प्रकारले लेखकलाई पार्ने प्रभावमा निहित रहन्छ। फेरी पनि राम्रो गजलका लागी गर्नु पर्ने परिश्रमको थोरै जानकारी यहाँ प्रस्तुत छ। जस्तै:-

भुन्छु तिम्रो वरी-परी ,फुलिदेउन एक चोटी।
प्यासी तिर मेरी सानु, भुलिदेउन एक चोटी।

यो माथिको यो एउटा सेर हेर्नुस त यहाँ ४+४+५+४ को प्रयोग छ। कसरी छ? भन्नु होला. ४="भुन्छु तिम्रो" फेरी अर्को ४="वरी-परी" छन्। त्यस पछी कमा(,) पछाडी ५="फुलिदेउन" र अर्को ४="एक चोटी" छन्। यो लेखाईको मतलव त्यहि हो जुन गजलमा समक्षर को प्रयोग हो। भन्नुको मतलव अक्षरहरु बराबर हुनु हो।

Sunday, June 19, 2011

मुक्तक


मुटु भरि काँडा, बोकेर के गर्नु?
चिसो त्यो पानी, धोकेर के गर्नु?

धोका दिने संग, लाग्दैन केहि,
किटी-किटी दाह्रा, टोकेर के गर्नु?

Monday, June 13, 2011

गजल कसरी लेख्ने?

          पछिल्लो पोस्टमा भने अनुरुप मैले तपाईहरुलाई यो लेखमा "गजल के हो?" "कसरी लेखिन्छ?"भन्ने बिषयमा अलिकति भए पनि जानकारी दिनै पर्छ। आफुले जाने जति यो लेखमा उतार्ने प्रयास गरेकोछु। सक्दो पुस्तकहरु अनि अग्रज दाजु-दिदीहरु संग बसेर गजलका बारेमा छलफल बाटै यति जानकारी पाएको हुँ।  तपाइलाई गजलको बारेमा थाहा छ र  मलाई केहि लेख्न मन लागेमा मेरो कमेन्ट बक्स तपाई हरुको प्रतिक्रियाको लागि हुनेछ।  खैर लामो कुरा गर्दिन। यो गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत:  नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ। सर्बप्रथम--

  •  गजल के हो?
- यहाँ गजलको आक्षरिक अर्थ दिंदा

"ग"+"ज"+"अल"= "गजल" भएको हुन्छ.

ग=को अर्थ (स्त्री वा नारी)
ज=को अर्थ (वार्ता वा वाणी)
अल=को अर्थ (साथ वा संग)  भन्ने हुन्छ।

Wednesday, June 1, 2011

गज़ल के हो?

के तपाईलाई गज़ल मन पर्छ? गज़ल विधामा कलम चलाउन चाहनु हुन्छ? तपाई गज़ल विधामा नयाँ हुनुहुन्छ? तपाई गज़ल लेख्न सिक्नु हुन्छ? के हो गज़ल जान्न चाहनुहुन्छ? आउँदा लेखहरुमा तपाईलाई मैले जानेका गज़लका बारेमा बताउनेछु। मेरो ब्लगको भ्रमण गर्दै गर्नु होला।
धन्यवाद!

मुक्तक







तिम्रो माया कति लाग्छ, भनि दिउँ कि एकचोटी?
आकाशमा देख्या तारा, गनी दिउँ कि एकचोटी?

सुम्पेकोछु तिम्रै निम्ति, यो मनलाई आत्मै देखि,
छुन तिम्लाई झर्ना सरि, बनि दिउँ कि एकचोटी?