
जंडीया भई संधै, रल्लिएं जीन्दगी भर ।
दुखी भंए भनौ भनें, मेरै गल्ति भा'छ हजुर,
कसलाई सुनाऊ ओछ्यानमा, पल्टिएं जीन्दगी भर ।
बुढ्यौलीपन गंजेडो छु, कसले मलाई पत्याउला र,
कूलतमा जीवन डुबाई, अल्झिएं जीन्दगी भर ।
दु:ख पाई रोइ रा'छु, मेरो रोदन कसले सुन्ला,
शरीर सबै दुखी रा'छ, थल्लीएं जीन्दगी भर ।
बढ्नु अब कसो गरि, सपना छन् धेरै-धेरै,
हालतमा यस्तो भएँ, ढल्कीएं जीन्दगी भर ।
No comments:
♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥